प्रदेश-१ प्रदेशसभा बैठक: अविश्वास प्रस्ताव पेस गर्ने कार्यसूची, सत्ता र विपक्षी दल छलफलमा

बिराटनगर ।  प्रदेश १ को प्रदेशसभा बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव पेस हुने भएको छ ।

आइतबार सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव पेस हुने कार्यसूची सार्वजनिक गरेका हुन् । तर, दुई बजेका लागि बोलाइएको संसद बैठक अघिसम्म सुरु हुन सकेको छैन ।

मुख्यमन्त्री शेरधन राई पक्षीय सांसदहरू प्रदेशसभा बैठकका लागि प्रदेशसभा भवनमा आइपुगेका छैनन् ।

यसअघि प्रदेशसभा बैठक स्थगित गर्न मुख्यमन्त्री शेरधन राईले सभामुख भण्डारीलाई दबाब दिएका थिए । सचिवालयले जारी गरेको कार्यसूचीमा अविश्वासको प्रस्तावको विषयमा छलफल हुने उल्लेख छ ।

सभामुखले अविश्वासको प्रस्तावबारेमा छलफल गराउन चाहेपछि सत्तापक्षका सांसदहरू मुख्यमन्त्री कार्यालयमा भेला भएका छन् । सत्तापक्षको बैठकका लागि भेला भएको राई समूहका एक जना सांसदले बताए ।

उता, सत्तापक्षले छुट्टै बैठक गरेपछि नेकपाको प्रचण्ड–नेपाल समूह र विपक्षी दल कांग्रेसका सांसदहरू सभामुखसँग छलफलमा जुटेका छन् । शिलापत्रबाट