ध्रुर्बे हात्तीले लखेट्दा गैँडा गणनाका टोली घाइते

नवलपरासी – गैँडा गणनामा खटिएको टोलीका सदस्यसहित गणनामा खटिएका टोलीलाई जङ्गली हात्ती ुध्रुबेु ले लखेटपछि हात्तीबाट लडेर कम्तीमा पाँच जना घाइते भएका छन् ।

नवलपरासी ९बर्दघाट–सुस्ता पूर्व ० नवलपुरको मध्यविन्दु नगरपालिका २ नजिक चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर गैँडा खासा टेम्पल क्षेत्रमा गैँडा भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो । गैँडा गणनामा खटिएका प्राविधिक र माहुतेहरू घाइते भएको उहाँले बताउनुभयो ।

गैँडा गणनाका क्रममा जङ्गली हात्ती ुध्रुबेु ले गणनामा प्रयोग भएको हात्तीलाई लखटेपछि प्राविधिकसहित केही माहुते घाइते भएका हुन् । गणनामा खटिएको हात्तीलाई ुध्रुबेु लखेट्दा भाग्ने क्रममा घटना भएको जनाइएकोछ ।
हात्तीबाट लडेर गणनामा खटिएका प्राविधिक राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी ३५ वर्षीय विनोद श्रेष्ठ, माहुते सर्लाहीको हरिपुर नगरपालिका ७ का ४२ वर्षीय दीपेन्द्र चौधरी र रौटहट चन्दनपुर नगरपालिका ७ का ५१ वर्षीय प्रेमलाल कहार चौधरीसहित केही घाइते भएको उहाँले बताउनुभयो । ुध्रुबेु हात्तीले लखेट्दा कोही हात्तीबाट खसेर र कोही भाग्ने क्रममा लडेर , ठोक्किएर घाइते भएका बरालले बताउनुभयो ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अरूको अवस्था सामन्य रहेकोछ । गम्भीर घाइते राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी विनोद श्रेष्ठको हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि काठमाण्डौ लगिएको छ भने गम्भीर घाइते श्रेष्ठको नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौ पठाइएको हो । नेपाल आर्मीको हेलिकप्टरमार्फत कावासोतीबाट उद्धार गरी श्रेष्ठलाई काठमाण्डौ पठाइएको प्रमुख संरक्षण अधिकृत बरालले बताउनुभयो । अन्य घाइतेको मध्यविन्दु जिल्ला अस्पताल नवलपुरमा उपचार भइरहेको जनाइएकोछ ।