प्रधानमन्त्रीद्वारा एकैपटक १६५ वटा सडकको शिलान्यास सम्पन्न

कार्यक्रमका लागि ३ अर्ब २० करोड बजेट

प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक १६५ वटा सडकको शिलान्यास गर्नुभएकोछ । बालुवाटारमा आयोजित विशेष समारोहमार्फत प्रधानमन्त्री ओलीले १६५ वटै संघीय निर्वाचन क्षेत्रमा सडक शिलान्यास गर्नुभएकोहो।

प्रधानमन्त्री ओलीले स्वीच थिचेर एकैपटक १६५ वटा सडक निर्माणको शुभारम्भ गर्नुभएकोहो। हरेक निर्वाचन क्षेत्रमा एक–एक वटा सडकको अवधारणामा शिलान्यास गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सांसदहरु ले स्थानीय पूर्वाधार विकास कार्यक्रममा बजेट हुनुपर्ने भन्दै माग राखेपछि चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले एक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने गरी कार्यक्रम तय
गरेको थियो ।
यो वर्ष प्रत्येक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड बजेट सरकारले छुट्याएको छ । बहुवर्षीय ठेक्का अन्तर्गत बन्ने यस्ता अधिकांश सडकहरुको विस्तृत परियोजना प्रतिवेदन डीपीआर० र वातावरणीय अध्ययन भने तयार भईसकेको छैन ।