इलामको सोयाङ्गमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २ सय बढीले लिए सेवा

आज चैत २६ गते “स्वस्थ इलाम, सन्तुष्ट इलामेली“ प्रोजेक्ट अन्त्तर्गतको निःशुल्क स्वास्थ्य शिविरको दोस्रो संस्करण माईजोगमाई गाउँपालिका, सोयाङ्ग स्वास्थ्य चौकी इलाममा सम्पन्न भएको छ । पुर्ण टुंग बिर्ता सिटी अस्पताल तथा वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको संयुक्त आयोजनामा संचालन भएको शिविरमा दुई सय पाँच जना बच्चा देखि बृद्धहरुको स्वास्थ्य जाँच गरिएको थियो । यस कार्यको नेतृत्वकर्ता इलाम नगरपालिका९७ निवासी डा। डेविड थापाका अनुसार शिविरमा महिलाको पाठेघरको क्यान्सरको स्कानिङ, महिलाहरुको आङ खस्ने समस्या र रिङ राख्ने सेवा, फिस्टुलाको जाँच, भिडियो एक्सरे सेवा, नाक, कान, घाँटी, दात, मुख, छाला रोग, महिला पुरुषमा हुने गुप्त रोग, दम, बाथ, डिप्रेशन, सुगर थाईराईड लगायतको उपचार जाँच तथा परामर्श सेवा प्रदान गरिएको थियो ।
शिविरको तेस्रो संस्करण भोलि चैत २७ गते माईजोगमाई गाउँपालिकाकै नयाँबजार स्वास्थ्य चौकीमा संचालन गरिने डा। थापाले जनाएका छन ।