पछिल्लो २४ घण्टामा देशभर दुई सय ८८ जना कोभिड–१९ कोरोना भाइरस० को संक्रमीत

पछिल्लो २४ घण्टामा देशभर दुई सय ८८ जना कोभिड–१९ -कोरोना भाइरस० को संक्रमीत फेला परेकाछन् ।

चार हजार ७१ जनाको स्वाब परीक्षण गर्दा दुई सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज सम्म नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७९ हजार तीन सय ८८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक सय २७ जना निको भएसँगै कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या दुई लाख ७३ हजार सात सय ३५ पुगेको छ । अहिले नेपालमा २६ सय १५ जना सक्रिय सङ्क्रमित छन् ।