चीनमा बनेको हाउजे कम्पनीको मोटरसाईकल०को शोरुम इलाममा उद्घाटन

इलाम । चीनमा बनेको हाउजे कम्पनीको मोटरसाईकल०को शोरुम आज एक कार्यक्रमको बिच इलाममा उद्घाटन गरिएको छ । विश्व का ८० भन्दा धेरै देशहरुमा बिक्री हुने यो मोटरसाईकल अफरोडको लागि अति उपयुक्त भएको उदघाटन कार्यक्रममा जानकारी दिईएको छ ।

कम्पनीलेआज इलाममा उदघाटित शोरुम राराहाङ अट्टो प्लाजामा एनके १५० सिरिजको मोटरसाईकल उपलब्ध हुने जनाएकोछ साथै निकट भविष्यमा अन्य सिरिजको मोटरसाईकल उपलब्ध गराउने अट्टो प्लाजाका प्रमुख प्रेम राराहाङले बताउनुभएकोछ।

उदघाटनको अवसरमा कम्पनीले दश हजार रुपैंया नगद छुट, निशुल्क हेल्मेट र लेगार्ड उपलब्ध गराउने छ भने २ वर्ष वा ३० हजार किलोमिटर वारेन्टी भएको एनके १५० मोटरसाईकलको मुल्य ३ लाख ९५ हजार रुपैंयाँ रहेको छ । शोरुमको उदघाटन इलाम नगरपालिका वडा नं ९ का वडाध्यक्ष श्यामकृष्ण घिमिरेले गर्नुभएको थियो ।