पछिल्लो २४ घण्टामा नेपालमा चार सय ६० जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा चार सय ६० जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।४३ सय ८६ जनाको पीसीआर परीक्षण गर्दा चार सय ६० जना र आठ सय १७ जनाको एन्टिजेन परीक्षण गर्दा ५७ जना गरी कुल पाँच सय १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हाल सम्म नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ८० हजार नौ सय ८४ पुगेको छ ।

गत २४ घण्टामा एक सय ५३ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७४ हजार तीन सय १८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप पाँच जनाको ज्यान गएसँगै नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणबाट तीन हजार ५८ जनाले ज्यान गुमाएका छन् ।