झापाका भिन्ना भिन्नै स्थानमा गएराति आगलागी हुँदा १ करोड २५ लाख रुपैयाँ बराबरको क्षति
झापाका भिन्ना भिन्नै स्थानमा गएराति आगलागी हुँदा १ करोड २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
बुद्धशान्ति गाउँपालिका(४ देवी बस्तीको ज्योती विमलीको बाख्रा फार्ममा राति साढ २ बजे आगलागी हुँदा ६५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।
आगलागी हुनुको कारण भने अझै सम्म खुलेको छैन । यस्तै, भद्रपुर नगरपालिका सातमा फर्निचर उद्योगमा आगलागी हुँदा ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
चट्याङ्ग परेर विद्युत सर्ट हुँदा यादवराज पोखरेलले सञ्चालन गरेको फनिर्चन उद्योगमा आगलागी भएको जनाइएको छ ।