प्रतिपक्षी दलहरुको अवरोध पछि प्रदेश १ सरकारले सातौं हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी

प्रतिपक्षी दलहरुको अवरोध पछि प्रदेश १ सरकारले सातौं हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ ।

आज बस्ने बैठकमा मुख्यमन्त्री शेरधन राईले सम्बोधन गर्नुभएपछि अधिवेशन अन्त्य गर्ने तयारी गरिएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिन्भयो।

जारी सातौं हिउँदे अधिवेशनको आठौं बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ।

प्रतिपक्षी दलहरु भने आजको बैठक चल्न नदिने पक्षमा रहेका छन् । सत्ता पक्षले माग सम्बोधन गर्न चासो नदिएका कारण बैठक अवरुद्ध हुने नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताउनुभएको छ ।

सरकारका प्रवक्ता कार्कीले भने प्रतिपक्षी दलहरुले बैठक अवरुद्ध गरे पनि प्रकृया पूरा गरेर अधिवेशन अन्त्य गरिने बताउनुभएको छ ।