विराट गोल्डकपको छैठौं संस्करणको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबलाई

विराट गोल्डकपको छैठौं संस्करणको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले हात पारेको छ ।

विराटनगरमा रहेको सहिद मैदानमा शनिवार राति भएको फाइनल खेलमा भारतीय टिम पञ्जाब पुलिसलाई १० गोलले हराउँदै एपीएफले उपाधि हात पारेको हो । जितसँगै एपीएफले १५ लाख १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ ।

एपीएफका प्रदीप लामाले खेलको ११ औं मिनेटमा गरेको निर्णायक गोलले नै टिमलाई उपाधि दिलाएको हो । प्रदीपले अन्तिम डिफेन्डरलाई बिट गर्दै बल क्लियर गर्नुभएको थियो ।

दोस्रो हाफदेखि आक्रामक भएर मैदान प्रवेश गरे पनि पञ्जाबले बारम्बार गोल गर्ने अवसर चुकाउँदा उपविजेतामा सीमित भएको हो । उपविजेता बनेको पञ्जाबले ७ लाख ५१ हजार रुपैयाँ पाएको छ । एपीएफले यो सिजनमा दुई वटा गोल्डकपको उपाधि जितेको छ । यसअघि चौथो गोलबजार गोल्डकपको उपाधि जितेको थियो ।

प्रतियोगिताको म्यान अफ द टुनामेन्ट एपीएफका आशिष लामा घोषित हुनुभएको छ । उहाले मोटरसाइकल पाउनुभएको छ । एपीएफका प्रदीप लामा म्यान अफ द म्याच घोषित हुनुभएको छ । उहाले नगद १० हजार प्राप्त गर्नुभएको छ । बेस्ट गोलकिपर एपीएफका राजु नगरकोटी हुनुभएको छ । यस्तै बेस्ट डिफेन्डर सशस्त्र प्रहरीका सनिश श्रेष्ठ, बेस्ट मिड फिल्डर एपीएफका मणि लामा घोषित हुनुभएको छ ।

हाइस्कोर गर्ने विराटनगर ११ का प्रकाश बुढाथोकी घोषित हुनुभएको छ । उहाले खेल अवधिभरिमा ४ गोल गर्नुभएको थियो । एपीएफका सुमित श्रेष्ठले बेस्ट कोच एवार्ड जित्नुभएको छ । बेस्ट स्टाइगरमा सङ्कटा क्लब काठमाण्डौका फोडे फोफना घोषित हुनुभएको छ । उहाहरु सबैले जनही २५ हजार रुपैयाँ पाउनुभएको छ । फिपा अनुशासित टिममा विराटनगर महानगरपालिका ११ घोषित भएको छ ।