युवा तथा खेलकुद शाखा माई नगरपालिका इलामको आयोजनामा माध्यमिक तह स्तरीय साँस्कृतिक कार्यक्रम आईतबार सम्पन्न


शिक्षा, युवा तथा खेलकुद शाखा माई नगरपालिका इलामको आयोजनामा माध्यमिक तह स्तरीय साँस्कृतिक कार्यक्रम आईतबार सम्पन्न भएको छ ।
नगर भित्रका ११ वटा माविको सहभागिता रहेको कार्यक्रममा नयाँ बर्षको शुभकामना तथा नृत्य र गायन प्रतियोगिता सम्पन्न भएको हो । बिद्यार्थीको चौतफी विकास गर्ने उद्धेश्य सहित आयोजना गरिएको कार्यक्रममा गायन तर्फ सरस्वती माविका अमृत परियार प्रथम, कन्काई माविका बिशाल गहत्तराज द्धितिय, युवा बर्ष माविका सरोज राई तृतिय र इलाम न्युलाईट बोडिङ स्कुलका मिङसु हाङ्ग नेम्वाङ्ग सान्तवना भएका थिए । कुमार सुबेदी र सरोज वत्स निर्णयक रहेको गायन बिद्यामा संगितालय, कन्फिडेन्ट, प्राबिधिक बिषय, घनिष्टता र शैलीलाई आधारमानी छनौट गरिएको थियो ।

त्यस्तै एकल नृत्य तर्फ जनता मावि चिसापानीकी रेश्मा सारु मगर प्रथम, नेपाल एकाडेमीकी क्रिसा राई द्धितिय, युवाबर्ष माविका आयुश्मा मगर तृतिय र कन्काई माविका काजल लाम्गादे सान्तना भएका थिए ।
त्यस्तै सामुहिक नृत्य तर्फ भने युवा बर्ष माबिको समुह प्रथम, कृष्ण माबिको समुह द्धितिय, नेपाल एकाडेमी तृतिय र कन्काई मावि सान्तना भएको थियो । नृत्य तर्फ नबिन राय र नृत्य निर्देशक विमल बराईलीले निर्णयक भुमिकामा रहनुभएको थियो । प्रतियोगितामा गायन र एकल नृत्यमा प्रथम, द्धितिय, तृतिय र सान्तवनालाई क्रमश नगद पाँच हजार, तीन हजार, दुई हजार र एक हजार प्रदान गरिएको थियो भने सामुहिक नृत्यको समुहहरुलाई क्रमश पन्ध्र हजार, दश हजार, पाँच हजार र तीन हजार प्रदान गरिएको जनाईएको छ ।

माईका मेयर दिपक कुमार थेबेको प्रमुख अथित्यता, उपमेयर बिष्णुमाया आचार्य र प्रमुख प्रशासकिय अधिकृत बिष्णुकुमार थेगुवाको बिशेष आथित्यतामा शुरु भएको कार्यक्रमको समापनमा उपमेयर बिष्णुमायाआचार्य, शिक्षा शाखा प्रमुख राजकुमार ओडारी, कार्यपालिका सदस्य कुमारी रैका लगायतले पुरस्कार र प्रमाण पत्र बितरण गर्नुभएको थियो ।