नयाँ बुलन्द डटकमको पाचौं वार्षिक उत्सवको अवसरमा पत्रकार बोहोरा सम्मानित

इलाम _ बुलन्द मल्टिटेक्निकल मिडिया प्रा लि इलामद्धरा सन्चालित अनलाइन पत्रिका नयाँ बुलन्द डटकमले नयाँ बर्ष २०७८ सगै पाँचौ बार्षिक उत्सबको अवसरमा शुभकामना आदानपदान तथा सम्मान र भित्तेपात्रो सार्वजनिक र्कायक्रम आज सम्पन्न गरेको छ ा बुलन्द मल्टिटेकिनकल मिडिया प्रा लिका संचालक तथा बुलन्द डटकमका सम्पादक राम योङहाङको अध्यक्षता एवम जिल्ला समन्वय समितिका प्रमुख गणेश प्रसाद बरालको प्रमुख आतिथ्यतामा सम्पन्न र्कायक्रममा नयाँ बर्ष२०७८ सालको शुभकामना आदानप्रधान साथै नयाँ बुलन्दले प्रकाशन गरेको बार्षिक भित्तेपात्रो २०७८ सार्वजनिक गरेको छ ा त्यसतै बार्षिक उत्सबको अवसरमा एक जना उत्कृष्ट नयाँ बुलन्दकर्मीलाई सम्मान गरेको छ ा पाँचथरको फाल्गुनन्द गाउँपालिकास्थित घुर्पिसे पञ्चमीमा रहेर काम गर्दै आउनुभएका पाचँथर इलामका सम्वाददाता पत्रकार युद्धबहादुर बोहोरा सम्मानित हुनुभएका हो ा बोहोरालाई बुलन्दका सम्पादक राम योङहाङ, जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बरालले दोसल्ला र सम्मापत्र सहित सम्मान गर्नुभएको हो ा बोहोराले पत्रकारिताको माध्यमबाट समाजमा पुर्याउनुभएको योगदानको कदर गर्दै सम्मान गरिएको बुलन्द डटकमका सम्पादक राम योङहाङले बताउनुभयो ा
उतm कार्यक्रममा बोल्नुहुदै जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बरालले अब मिडियाले आर्थिक र विकास पत्रकारितामा कलम चलाउनु पर्ने सुझाब दिनुभयो । यस्तै, इलामका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले पत्रकारितामा मात्र नभई अन्य क्षेत्रमा पनि विश्वसनियताको खडेरी परेको बताउनुभयो ।
कार्यक्रममा बोल्नुहुदै नेपाल पत्रकार महासङ्घ इलाम शाखा अध्यक्ष युवराज भट्टराई (विप्लव)ले पत्रकारिताभित्र रहेका कमीकमजोरीलाई सुधारेर लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो । यस्तै, कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घ इलामका पूर्वअध्यक्ष सोमनाथ सुशेलीले सरकारको चौथो अङ्गका रूपमा मानिएको पत्रकारिता जगत्को विश्वसनियता कम भएको गुनासो गर्नुभयो । पूर्वअध्यक्ष सुशेलीले पत्रकारको कार्ड समेत अन्य पेशाका मानिसले दुरुपयोग गर्ने गरेको बताउनुभयो ।
बाल सङ्गठन इलामका अध्यक्ष नवराज शङ्करले पछिल्लो समय जिल्लाको पत्रकारिता उद्घाटन, भाषण र शिलान्यासमा मात्र अड्किएको बताउनुभयो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)का केन्द्रीय सदस्य ख्याम भुजेलले सनसनीपूर्ण समाचारले पत्रकारिताको जग विगारेको बताउनुभयो । उहाँले पछिल्लो समय यस्ता समाचारको उल्लेखिय उत्पादन भएकाले पाठकले पनि विश्वसनीय स्रोतको समाचार मात्र प्रयोग गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा गैर सरकारी संस्था महासङ्घ (गैसस) इलामका अध्यक्ष कमल नेपाल, गोपाल पौड्याल, युद्धबहादुर बोहोरा लगायतले बोल्नुभएको थियो । नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उप–सम्पादक अतित योङहाङले गर्नुभएको थियो ।