लेप्चा जातिको पाँच दिने साँस्कृतिक नृत्य प्रशिक्षण प्रवर्दन समापन कार्यक्रम तथा लेप्चा समुदायमा लेप्चा मातृभाषाको अनौपचारिक तालिम कार्यक्रमको समुद्घाटन कार्यक्रम सम्पन्न

राज्यद्वारा संरक्षित लोपनमुख लेप्चा जातिको पाँच दिने साँस्कृतिक नृत्य प्रशिक्षण प्रवर्दन समापन कार्यक्रम तथा लेप्चा समुदायमा लेप्चा मातृभाषाको अनौपचारिक तालिम कार्यक्रमको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

आइतबार रोङ गाउँपालिका ३ कुटीडाँडामा अवस्थित पाथीभरा सभाहलमा लेप्चा उत्थान मञ्च रोङ गाउँपालिकाको आयोजनामा रोङ गाउँपालिकाको सहयोग र शितल टेक्निकल ट्रेनिङ इनस्टीच्यूट प्रा लिको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

ह्वाइट बोडमा लेखिएको लेप्चा जातिहरुको लिपिलाई अनावरण गर्दै अक्ष्रस लेखेर उद्घाटन गरेको कार्यक्रमलाई सम्बोधन गनुहुदै प्रमुख अतिथि रोङ गाउँपालिकाका अध्यक्ष शमशेर राईले लेप्चा जातिहरुको धार्मिक, साँस्कृतिक, भाषा, लिपि र भेषभुषाको संरक्षण सम्वर्दनमा स्थनिय तहबाट सदैभरी सहयोग रहने बताउनुभयो ।

कार्यक्रममा बोल्नुहुदै बिशेष अतिथि लेप्चा उत्थान मञ्च केन्द्रीय अध्यक्ष विर बहादुर लेप्चाले आसन्न २०७८ को राष्ट्रिय जनगणनाम मातृभाषाको महलमा लेप्चा भाषा अनिवनर्य लेख्न र लेखाउन आह्वान गर्नुभएको थियो ।

कार्यक्रममा लेप्चा उत्थान मञ्च केन्द्रीय पुर्व अध्यक्ष प्रेम बहादुर लेप्चा, नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिसद इलामका सहसचिव तथा लेप्चा उत्थान मञ्च केन्द्रीय सल्लाहकार समिति सदस्य छत्र बहादुर लेप्चा, गाउँपालिका ३ का वडा अध्यक्ष मातृका वराल र नेपाल आदिबासी जनजाति महासंघ गाउँ समन्वय परिसद रोङ उपाध्यक्ष राजु येक्तेन लगायतले शुभकामना मन्तव्य ।राख्नुभएको थियो ।

यस्तै लेप्चा जातिको पाँच दिने साँस्कृतिक नृत्य प्रशिक्षण प्रवद्र्वन लागि २० जना सहभागी प्रशिक्षार्थीहरुलाई निर्देशक तथा कोरियोग्राफर दिनेश माङमुले प्रशिक्षण दिनुभएको थियो ।

लेप्चा जातिहरुको संस्कारबाट सेवा पुजा गर्दै शुरु भएको कर्यक्रमक लेप्चा उत्थान मञ्च रोङ गाउँपालिकाको अध्यक्ष दावा लेप्चाको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य तेजु लाप्चा र कार्यक्रम सञ्चालन बिर वहादुर लाप्चाले गर्नुभएको थियो ।