सहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय मन्दिरमा नित्यपूजा बाहेक अन्य भीडभाड रोक्ने

आज बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९सीसीएमसी० को सिफारिस अनुसार सहरी क्षेत्रका विद्यालय वैशाख महिनाभरि भौतिक रुपमा बन्द गरी भर्चुअल रुपमा कक्षा सञ्चालन गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोरोना भाइरसको सङ्क्रमणको उच्च जोखिममा रहेको काठमाण्डौ उपत्यका,पोखरा भरतपुर, नेपालगञ्ज, विराटनगर लगायत सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बालबालिका उच्च जोखिममा परेपछि आजको मन्त्रिपरिषद् बैठकले सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको हो । यस्तै, बैठकले सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी भेला हुन नदिने पनि निर्णय गरेको छ भने, रात्रिकालीन व्यवसाय पनि बन्द गर्ने निर्णय गरेको छ ।

रातिको समयमा दोहोरी साँझ डान्सबार लगायतलाई बन्द गर्ने निर्णय गरेको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । यस्तै, बैठकले मन्दिरमा नित्यपूजा बाहेक अन्य पूजा र भीडभाड रोक्ने पनि निर्णय गरेको छ । यस्तै रङ्गशालामा खेल खेलाउन दिए पनि दर्शकलाई भने रोक्ने निर्णय भएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।