पछिल्लो २४ घण्टामा १२ सय ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १२ सय ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार एक जनाको पीसीआर परीक्षण गर्दा १२ सय २७ जनामा र पाँच सय ४७ जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जनामा कोरोना पुष्टि भएको हो ।

आज थपिएकासँगै नेपालमा अहिलेसम्म दुई लाख ८५ हजार नौ सय जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक जनासहित आठ जना मृतकको विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ९१ पुगेको छ ।

यस्तै थप दुई सय ५५ जना निको भएसँगै अहिलेसम्म दुई लाख ७५ हजार पाँच सय ५५ जना सङ्क्रमणमुक्त भएका छन् ।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या पनि सात हजार नाघेको छ । अहिले सात हजार दुई सय ५४ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् ।