दुर्गाप्रसादलाई माई नगरपालिकाद्धरा ५० हजार सहयोग

इलाम _ ४० बर्ष जेलजिवन बिताएर भारतबाट नेपाल फर्किएका माई नगरपालिका–१० का दुर्गाप्रसाद तिम्सिनालाई नगरपालिकाले ५० हजार रुपैया आर्थिक सहयोग गरेको छ । नगर प्रमुख दिपककुमार थेबेले दुर्गाप्रसादका भाई धर्मानन्द तिम्सिनालाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

दुर्गाप्रसादको आर्थिक अवस्था कमजोर रहेकोले दैनिक जिवनयापनमा सहजताको लागि सहयोग प्रदान गरिएको नगर प्रमुख थेबेले बताउनुभयो । उहालाई नेपाली नागरिकता लिनका लागि इलामसम्म जानका लागि खर्च भएको ४ हजार र उपचारको लागि विराटनगरसम्म जानका लागि लाग्ने यातायात खर्च १३ हजार रुपैया समेत नगरले नै व्यर्होने उपप्रमुख विष्णुमाया रिमाल आचार्यले जानकारी दिनुभयो ।

दुर्गाप्रसादको अहिले प्रदेश सरकारले विराटनगर स्थित विराट नर्सिङ होममा निःशुल्क उपचार भइरहेको भाई धर्मानन्दले बताउनुभयो ।

मानसिक सन्तुलन गुमाएकी बहिनीको उपचारको लागि समेत नगरबाट २६ हजार रुपैया सहयोग दिने निर्णय भएको नगर प्रमुख थेबेले जानकारी दिनुभयो । सहयोग रकम हस्तान्तरण कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत विष्णु थेगुवा, प्रशासकिय अधिकृत नविन पौडेल लगायतको उपस्थिती रहेको थियो ।