आजदेखि दोस्रो चरणको खोप अभियान शुरु

पहिलो चरणमा कोभिशिल्डको पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा आज देखि बैशाख ११ गतेसम्म देशभर तोकिएका खोप केन्द्रबाट लगाइँदै छ ।
खोप लगाउन जाँदा नागरिकले पहिलो मात्रा लगाउँदा दिएको खोप कार्ड लिएर जानुपर्नेछ । जिल्लाहरुमा तोकिएको खोपकेन्द्रमा गएर खोप लगाउनु पर्नेछ । खोप केन्द्रहरु बिहान १० बजेदेखि बेलुकी चार बजेसम्म खुल्नेछ ।
फागुन २३ पछि खोप लगाएकाले अहिले पाउने छैनन् । त्योभन्दा अघि पहिलो चरणमा पहिलो मात्रा लगाएकाहरुले मात्रै दोस्रो मात्रा खोप लगाउन पाउँने छन् ।

खोप लगाउनेमा सामान्य असरहरु देखिएको छ, तर यो सामान्य हो, यसबाट डराउनु पर्दैन ।
खोप लगाउँदैमा ढुक्क हुने स्थिति हुँदैन, यसले जटिलताबाट र सङ्क्रमण फैलिन कम गर्ने हो । शतप्रतिशत जोगिए भन्ने सोच्नु हुँदैन । पहिलो र दोस्रो मात्राको खोप लगाइसकेपछि पनि भौतिक दूरी कायम गर्ने, मास्क लगाउने र हातको सरसफाइ गर्ने गर्नुपर्छ ।