त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खलामा आज नेपाल नेदरल्याण्ड्ससँग खेल्दै

त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खलामा आज नेपाल नेदरल्याण्ड्ससँग खेल्दैछ।

दिउँसो सवा १ बजे त्रिवि क्रिकेट मैदानमा खेल हुनेछ । लगातार दोस्रो खेलमा शानदार जित निकालेको नेपाल आज पनि नेदरल्याण्ड्सलाई हराउँदै फाइनलमा पुग्न चाहन्छ ।

पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको नेपालले हिजो मलेसियालाई पनि ९ विकेटले नै हराएको थियो।

नेपालले लिग चरणको अन्तिम खेल आउँदो बिहीवार मलेसियासँग खेल्ने छ । प्रतियोगितामा मलेसियाले खेलेका दुवै खेल हारेको छ भने नेदरल्याण्ड्सले दुई खेलमा जित र एक हार ब्यहोरेको छ।

प्रतियोगितामा नेपाल चार अङ्कसहित शीर्ष स्थानमा छ । यसैबीच, आज मैदानमा दर्शकबिना नै खेल हुनेछ ।
नेपाल क्रिकेट सङ्घ ९क्यान० ले एक विज्ञप्ति निकालेर मन्त्रिपरिषद्को बैठकले सार्वजनिक कार्यक्रममा २५ जनाभन्दा धेरै जम्मा हुन नपाउने निर्णय गरेकाले त्रिदेशीय टी–२० क्रिकेटको बाँकी खेलमा दर्शकलाई प्रवेश नदिइने जनाएको हो ।

यो निर्णयसँगै नेपाली क्रिकेट समर्थकलाई परेको असुविधालाई लिएर क्यानले क्षमा मागेको छ ।