जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाभित्रको शैक्षिक संस्था बैशाख मसान्तसम्म बन्द गर्न निर्देशन

वीरगञ्‍ज _ जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाभित्रको शैक्षिक संस्था बैशाख मसान्तसम्म बन्द गर्न निर्देशन दिएको छ । विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्रलाई भौतिक रुपमा उपस्थित नभइ भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाएर शैक्षिक गतिविधि सञ्चालन गर्न गराउन निर्देशन दिएको हो ।

आज प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले सूचना जारी गर्दै त्यस्तो निर्देशन दिनुभएको हो । सरकारले वीरगञ्ज महानगरपालिकालाई उच्च जोखिममा राखेर विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।
यस्तै प्रशासन कार्यालयले विद्यालय र कलेजको पूर्व निर्धारित परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमको प्रयोगात्मक कक्षा जनस्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न भनेको छ । महानगरपालिकाले कक्षा १ देखि ५ सम्म मूल्यांकन विधिको आधारमा कक्षा उतिर्ण गर्न भनेको भएपनि निजी शैक्षिक संस्थाले परीक्षा लिने तयारी गरिरहेका छन् ।