त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला अन्तर्गत चाैथाे खेलमा नेपाल नेदरल्याण्ड्ससँग ३ विकेटले पराजित

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला अन्तर्गत चौथो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले दिएको दुई सय सात रनको लक्ष्य नेदरल्याण्ड्सले १९ ओभर तीन बलमा सात विकेट गुमाएर पूरा गरेको हो ।

नेदरल्याण्ड्सका लागि बास दि लिदेले अविजित ८१ रन बनाएका थिए । त्यस्तै बेन कुपरले ५५ र पेटर सेलारले ३१ रन बनाएका थिए ।

नेपालका लागि सन्दीप लामिछानेले चार विकेट लिएका थिए । आजको खेलमा सन्दीपले चार ओभरमा ४८ रन दिएर चार विकेट लिएका हुन् । त्यस्तै कुशल मल्ल, करण केसी र अविनाश बोहोराले एक विकेट लिएका थिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर दुई सय ६ रन बनाएको थियो ।

नेपालका लागि कुशल भुर्तेलले ६२, दीपेन्द्रसिंह ऐरीले ६० रन बनाए । प्रतियोगितामा कुशलको यो लगातार तेस्रो अर्धशतक हो । त्यस्तै ज्ञानेन्द्र मल्लले २० र कुशल मल्लले १८ रनको योगदान गरे । त्यस्तै सोमपाल कामीले अविजित २१ रन बनाए ।

नेदरल्याण्ड्सका लागि भिभियान किङ्गमा र पेटर सेलारले दुईरदुई विकेट लिए ।

आजको खेल हारे पनि नेपालको फाइनल प्रवेश गर्ने सम्भावना कायमै छ । आजको हारसँगै नेपालले फाइनल प्रवेशका लागि मलेसियासँगको खेल कुर्नुपर्ने भएको छ । मलेसियासँगको सानो अन्तरको हारले पनि नेपाल फाइनलमा पुग्न सक्नेछ ।

नेदरल्याण्ड्सको पनि फाइनलमा पुग्ने सम्भावना कायमै छ । तालिकामा नेदरल्याण्ड्सको पनि चार अङ्क भए पनि नेपाल रनरेटको आधारमा पहिलो स्थानमा छ । नेपालले लिग चरणको अन्तिम खेल आउँदो बिहीवार मलेसियासँग खेल्ने छ ।