गरिवी निवारणका लागि लघुउधम विकास कार्यक्रम अन्तर्गत व्यवसायिक तरकारी खेती सम्बन्धि १८ दिने सीप विकास तालिम सम्पन्न

गरिवी निवारणका लागि लघुउधम विकास कार्यक्रम अन्तर्गत व्यवसायिक तरकारी खेती सम्बन्धि १८ दिने सीप विकास तालिम सोमवार दानाबारीमा सम्पन्न भएको छ।

पिरामिड टेक्निकल ईन्स्टिच्युट प्रालि ईलामको आयोजना र माई नगरपालिका ईलामको सहयोगमा तालिम सम्पन्न भएको हो।

खेमराज भट्टराईको सहजीकरणमा सम्पन्न तालिममा माई नगर क्षेत्र भित्रका १४ जनाको सहभागीता रहेको थियो ।

माई ४ का वडाध्यक्ष सुर्यप्रसाद दुलालको प्रमुख आथित्यता, आयोजक संस्थाका हेमन्त गौतमको अध्यक्षता र निरुता थापाको सन्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि दुलाल, अतिथि माई प्रशासन शाखा प्रमुख नविन कुमार पौड्याल, करुणा फाउण्डेसन नेपाल माईका समुदाय संयोजक विमल दहाल, सहभागीहरु सुक बहादुर राई र देवि माया योङ्गहाङ लगायतले मन्तव्य राख्नुभएको थियो।

कार्यक्रमको समापनमा सहभागीहरुले कृर्षि सम्बन्धि औजार, वालि विमा, थोपा सिचाई सम्बन्धि सहयोग, उत्पादित सब्जी ‌भण्डार लगायत ब्यबस्थापनमा स्थानीय सरकारसंग सहयोगको अपेक्षा गरेका थिए ।