कोरोना संक्रमणका कारण सुनसरीमा एकजना महिलाको मृत्यु

विराटनगर _ कोरोना संक्रमणका कारण सुनसरीमा एकजना महिलाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत इटहरी उपमहानगरपालिका–२ की ७८ वर्षीया महिलाको आज दिउँसो २ बजे मृत्यु भएको हो ।

चैत २४ गते अस्पताल भर्ना भएकी वृद्धालाई सोही दिन कोरोना पोजेटिभ देखिएको थियो । उच्च रक्तचापको समस्या रहेकी उनको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चूडामणि पोखरेलले जानकारी दिनुभो ।