प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता

सरकारको नेतृत्व गरिरहेको नेकपा ९एमाले०को आन्तरिक विवाद उत्कर्षमा पुगिरहेको बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
ओली र नेपालबीच आज साँझ भेट भएको हो । नेता नेपाल निकट स्रोतका अनुसार सचिव योगेश भट्टराईले प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई भेटेपछि दुई नेताबीच आकस्मिक भेटवार्ता तय भएको हो ।
दुवै नेताबीच पार्टीभित्रको जारी विवादबारे छलफल भएको स्रोतले जानकारी दिएको छ । काठमाडौं नक्सालको होटल मेरियटमा ओली र नेपालबीच छलफल भएको हो ।