जेष्ठ नागरिकलाई परिचयपत्र वितरण शिबिर आजबाट माई नगरपालिकामा शुरु


जेष्ठ नागरिकलाई परिचयपत्र वितरण शिबिर आजबाट माई नगरपालिकामा शुरु गरिएको छ ।

माई नगरपालिका वडा नम्बर ७ की ८९ बर्षिय जेष्ठ नागरिक धनमाया थापालाई परिचयपत्र वितरण गर्दै मेयर दिपक कुमार थेबेले शिबिरको उद्घाटन गर्नुभएको हो ।

६० बर्ष माथिका सबैलाई प्रदान गरिने शिविरमा आज माई ७ का ७५ जनालाई वितरण गरिएको महिला तथा बालबालिका शाखाकी महिला विकास निरीक्षक जमुना पौडेलले जानकारी दिनुभयो ।

जेष्ठ नागरिक परिचयपत्र वितरण शिविर माईका दश वटै वडामा आगामी बैशाख २३ गते सम्म सन्चालन रहने प्रशासन शाखा प्रमुख नविन कुमार पौड्यालले जानकारी दिनुभयो ।