माईजोगमाई गाउपालिका कृषि विकास शाखा नयाबजारले एक कार्यक्रमका बिच कृषकहरुलाई कृषि चुन र कृषि उपजको बीउ तथा जैविक मल बितरण


नयाँबजार_ माईजोगमाई गाउपालिका कृषि विकास शाखा नयाबजारले एक कार्यक्रमका बिच कृषकहरुलाई कृषि चुन र कृषि उपजको बीउ तथा जैविक मल बितरण गरेको छ । माईजोगमाई गाउपालिका कृषि बिकास शाखाको आयोजनामा जम्मा ११ टन कृषि चुन जैविक मल र कृषि उपजको बिउ ल्याएका थिए।
चैत्र दोस्रो साता कृषि ज्ञान केन्द्र इलामको प्राबिधिक सहयोगमा कृषि शाखामा नै माटो परिक्षण गरिएको थियो । सोही माटो परिक्षणको आधारमा माटोको पि एच स्केलको आधारमा कृषकहरुलाई कृषि चुन बितरण गरिएको कृषि शाखा प्रमुख अनिशा राईले बताउनुभयो ।

कृषकहरुलाई वितरण गरिएको कृषि चुन कृषि उपजको बीउ निशुल्क तथा जैविक मल कृषि शाखाको ७५ प्रतिशत अनुदानमा बितरण गरिएको कृषि शाखा प्रमुख राईले जानकारी दिनुभयो । कृषि चुन माटो परिक्षण गरिएको ८४ जना किशानलाई बीउ र जैविक मल सहकारी सस्था र समुहलाई बितरण गरिएको हो ।
माईजोगमाई गाउपालिका अध्यक्ष जितबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष याम कुमार कार्की वडा सदस्यहरु गाउपालिकाका कर्मचारी र संचारकर्मीको उपस्थितिमा कृषि उपजको बीउ,कृषि चुन,जैविक मल बितरण गरिएको हो । कृषि बीउ बिजन गाउपालिका अध्यक्ष जित बहादुर राईले किसानहरुलाई बितरण गर्नुभएको थियो भने औपचारिक कार्यक्रमको संचालन माईजोगमाई गाउपालिका कृषि शाखा प्रमुख अनिशा राईले गरेकी थिइन् ।