चट्याङले लागेर मोरङको कानेपोखरीमा एक महिलाको मृत्यु


विराटनगर _ हावाहुरी र वर्षासँगै परेको चट्याङले लागेर मोरङको कानेपोखरीमा एक महिलाको मृत्यु भएको छ । चट्याङले लागेर कानेपोखरी गाउँपालिका–२ की ४० वर्षीया सुकवती राजवंशीको आज बिहान मृत्यु गएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनुभयो ।

उहाका अनुसार घरनजिकै रहेको बारीमा गाईगोरु सार्दै गरेको बेला बिहान ९ बजेतिर परेको चट्याङले लागेर सुकवती गम्भीर घाइते भएकी थिइन् ।
उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पतालमा उपचारका लागि पु¥याएपछि चिकित्सकले उनलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ ।