विराटनगरमा कोरोना संक्रमित एक पुरुषको मृत्यु


विराटनगर _कटहरी गाउँपालिका–४ घर भएका कोरोना संक्रमित एक पुरुषको उपचारका क्रममा आज मृत्यु भएको छ ।
तीन दिनअघि संक्रमण पुष्टि भएका ४५ वर्षीय पुरुषको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ज्यान गएको हो । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि गत वैशाख ६ गते भर्ना गरिएको अस्पतालका संयोजक एपोलो भगतले जानकारी दिनुभयो ।

उहाका अनुसार पछिल्लो समय ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या देखिएका पुरुषमा मधुमेह र फोक्सो सम्बन्धी पुरानै समस्या थियो । पुरुषको उपचारका क्रममा बिहान ११ः३० बजे ज्यान गएको भगतले बताउनुभयो ।