मुख्यमन्त्री राईविरुद्ध अपशब्द बोलेको अभियोगमा बालिका खड्का पक्राउ

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई अपशब्द प्रयोग गरेर गालीगलौज गरेको आरोपमा एकजना महिला पक्राउ परेकी छन् । पक्राउ पर्ने एमाले कार्यकर्ता बालिका खड्का हुन ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार खड्कालाई पक्राउ गरेर प्रहरी वृत्त, सिंहदरबारको हिरासतमा राखिएको छ । उहाले भन्नुभयो, ‘सार्वजनिक ठाउँमा अभद्र व्यवहार गरेपछि पक्राउ परेका हो, के मुद्दा चलाउने वा छाड्ने टुंगो लागिसकेको छैन ।’

प्रहरीका अनुसार एमालेको थापाथलीस्थित पार्टी कार्यालयमा घटना भएको हो ।