भालुढुङ्गा युवा समूले आयोजना गरेको खुल्ला व्याडमिण्टन प्रतियोगिताको उद्घाटन कार्यक्रम आज सम्पन्न

भालुढुङ्गा युवा समूले आयोजना गरेको खुल्ला व्याडमिण्टन प्रतियोगिताको उद्घाटन कार्यक्रम आज सम्पन्न भएको छ । समूहका अध्यक्ष राम राईको अध्यक्षता एवम वडाध्यक्ष माधव प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला व्याडमिण्टन संघका सचिव हुकुम थेवे, वडासदस्य मदन श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । आजको सिनियर तर्फको पहिलो खेलमा राजन दहाल र मोहन रेग्मीले सिंह लिम्बू र तेजेन विष्टलाई सोझो सेटमा हराएका हुन ।