प्रदेश १ मा आज १६८ जनामा कोरोना सङ्क्रमण पुष्टि


प्रदेश १ मा आज १६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मोरङमा १०८, सुनसरीमा २८, झापामा १७, धनकुटामा २, ते¥हथुम र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ११जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा आज ९७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ४६ जना महिला र ५१ जना पुरुष छन् । मोरङको बुढीगंगा, उर्लाबारी, कटहरीमा २–२, सुन्दरहरैचा, पथरीशनिश्चरे र रंगेलीमा १–१ र स्थानीयतह नखुलेका २ जना, सुनसरीको धरानमा १६, इटहरीमा ७, बराहक्षेत्र, दुहवी, गढी, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १–१, झापाको भद्रपुर र विर्तामोडमा ४–४, कनकाईमा ३, दमकमा २, अर्जुनधारा, मेचीनगर, झापागाउँपालिका र स्थानीयतह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा २, ते¥हथुमको लालीगुराँसमा १, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका ११जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ माकोरोना संक्रमितको संख्या ३१ हजार ७० पुगेको छ । संक्रमितमध्ये २९ हजार ९३२ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित ६६६ जना छन् । प्रदेश १ माआज ६ सय २ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ७२ महिला र ९६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।