इलामको भालुझोडा स्थित मेची राजमार्गमा आज सवारी दुर्घटना हुदा पाँचजना घाईते

इलाम _ रोङ गाँउपालिका ४ भालुझोडा स्थित मेची राजमार्गमा आज सवारी दुर्घटना हुदा पाँचजना घाईते भएका छन । ताप्लेजुङबाट झापा तर्फ जादै गरेको को १ च ९३३५ नम्बरको सुमो गाडिको ब्रेक फेल भई बाँया पट्टिको नालिमा पर्दा दुर्घटना भएको हो ।

दुर्घटनामा काठमाण्डौ महानगरपलिका १० बस्ने ४७ वर्षकी सारदा घिमिरे सोही स्थानका ४५ वर्ष की पेनिसा पराजुली काठमाण्डौ महानगरपलिका ३ बस्ने २५वर्ष को ईश्वर कुमार कार्की काठमाण्डौ महानगरपलिका ९ बस्ने ५२ वर्ष को नवराज कोइराला र मोरङ विराटनगर महानगरपलिका ४ बस्ने चुनु पराजुलीको छोरी १०वर्ष की सम्पदा पराजुली घाईते भएका छन

घाइते पाँचै जनालाई उपचारका लागि मनमोहन अस्पताल विर्तामोड पठाइएको छ । गाडि चालक मोरङ जिल्ला रतुवामाई गाँउपालिका १० बस्ने ५५वर्षको कृष्ण बा: कार्की र गाडि प्रहरी चौकी किटेनिको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।