नेकपा एमालेको दशौँ महाधिवेशन आयोजक समितिको बैठक सुरु


नेकपा एमालेको दशौँ महाधिवेशन आयोजक समितिको बैठक सुरु भएको छ ।
आजको बैठकमा नेताहरुको कार्यविभाजन, स्पष्टीकरण सोधिएका खनाल नेपाल समूहका नेताहरुले दिएका जवाफलगायत विषयमा छलफल हुने एमालेका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताउनुभयो।यस्तै आजको बैठक वैशाख ६ गतेकै निरन्तरता भएको उहाँको भनाइ छ ।

६ गतेको बैठकले खनाल नेपाल समूहका प्रतिनिधिसभाका २७ सांसद र कर्णाली प्रदेशका ५ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सबै नेताहरुले स्पष्टीकरण बुझाइसकेका छन् । चित्तबुझ्दो जवाफ नआए कारबाही गर्ने अध्यक्ष ओलीको तयारी छ ।

आफूहरुमाथि कारबाही गरेर सांसद पद खोस्न खोजेको भन्दै खनाल(नेपाल समूहले हिजो सर्वोच्च अदालतमा रिट निवेदनसमेत दर्ता गराएको छ ।