नेकपा एमाले झापा इन्चार्जमा हिक्मत कार्की

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्य हिक्मत कार्कीलाई झापा जिल्ला इन्चार्ज तोकेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले कार्कीलाई इन्चार्ज तोकेको हो ।

झापाका गौरादह निवासी कार्की प्रदेश नम्बर १ को आन्तरिक मामिला तथा कानुनमन्त्री समेत हुनुहुन्छ ।

यसैगरी, बैठकले केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य हरि राजवंशीलाई सहइन्चार्ज तोकेको छ ।