नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीले १९ सदस्यीय स्थायी कमिटी गठन

नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीले १९ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । स्थायी कमिटीमा नेपाल–खनाल समूहका नेता अटाएका छैनन् । वामदेव गौतमलाई भने कायमै राखिएको छ ।

स्थायी कमिटीमा अध्यक्ष ओलीसहित वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी लगायत रहनुभएको छ । नेकपा एमालेले माधवकुमार नेपालसहित २७ सांसदलाई कारबाहीको जिम्मा पनि स्थायी कमिटीलाई दिएको छ ।

एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले आजै चयन गरेको स्थायी कमिटीलाई नेपाल–खनाल समूहका २७ सांसदलाई कारबाहीका बारेमा निर्णय गर्ने जिम्मा दिएको हो । बैठकले नेपाल–खनाल समूहमा रहेका नेताहरु सच्चिएर आए एमालेमै ठाउँ दिने पनि निर्णय गरेको छ ।