सुकुम्वासीलाई जग्गाधनी पूर्जा दिलाएरै छाडने भूमी ब्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री तुम्वाहाम्फेको प्रतिवद्धता


भूमी ब्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री डा शिवमायाँ तुम्वाहाम्फेले सुकुम्वासीलाई जग्गाधनी पूर्जा दिलाएरै छाडने प्रतिवद्धता जनाउनुभएको छ । सुनसरीको इटहरी ९ मा जारी लगत संकलन कार्यको नीरिक्षणका क्रममा उहाँले यहि सरकारले सुकुम्वासीलाई जग्गा प्रदान गर्ने प्रतिवद्धता जनाउनुभएको हो । उहाँले सरकार ढल्छ कि ?पूर्जा नपाइएलाकी ?भन्ने आशंका नगरी ढुक्क भएर वस्न आग्रह गर्नुभयो । अहिलेको भूमी सम्वन्धि समस्या समाधान आयोग संविधानमा भएको ब्यवस्थालाई टेकेर ऐन वमोजिम गठन भएकाले यहि आयोगले भूमी सम्वन्धि समस्या समाधान गर्ने दावी गर्नुभयो । गलत विवरण र गलत कार्य नगरि छिटो र ब्यवस्थित ढंगले लगत संकलन गर्न मन्त्री तुम्वाहाम्फेले निर्देशन दिनुभयो । गतल विवरण दिने र भर्ने दुवैलाई कारवाही हुने तर्फ उहाँले सचेत गराउनुभयो । उहाँले सुकुम्वासीलाई जग्गा दिने भन्दै रकम असुली गर्ने गरेको पाइए कारवाही गरिने वताउनुभयो । स्थानीय तहले जति राम्रो र ब्यवस्थित ढंगले काम गर्छन त्यतिनै चाडो परिणाम आउने मन्त्री तुम्वाहाम्फेको भनाई छ । इटहरी उपमहानगरमा भूमी सम्वन्धी समस्या समाधानका लागि भइरहेको कार्यको उहाँले प्रशंशा गर्नुभयो । कार्यक्रममा इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतले वैशाख महिना भित्रमा इटहरीका सवै भूमिहिन सुकुम्वासी,भूमिहिन दलित र अब्यवस्थित वसोवासीको लगत संकलन सकिने वताउनुभयो । उहाँले इटहरीका सवै वडाहरुमा लगत संकलनको कार्य भइरहेको जानकारी गराउनुभयो ।