मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा इलामका एक युवककाे मृत्यु

इलाम _सुर्योदय नगरपालिका ५का २२ बर्षीय मुस्कान प्रधानको आफैले चलाएको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको छ ।

शुक्रबार बेलुका ५ बजे भन्ज्याङबाट गोर्खे तर्फ जादै गरेको मे ३ प ९६२० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भिर घाईते भएका चालक प्रधानको उपचारको लागि फिक्कल अस्पताल पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । (साभार: इलाम आवाज)