कोरोनाबाट थप १४ जनाको मृत्यु, २६१८ जनामा कोरोना संक्रमण पुष्टि


पछिल्लो २४ घण्टामा थप २६१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ६६८ नमुनाको पीसीआर टेष्ट गर्दा २४८६ जनाको र सीमा नाकामा गरिएको एन्टिजेन टेष्टमा १३३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ ।

हाल देशभर १६ हजार ८२८ संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा मृतकको संख्या ३१३६ पुगेको छ ।