इलामकी सन्चरानी थलङ लिम्बूलाई दक्षिण कोरियामा रहेका नेपालीहरुद्धरा आर्थिक सहयोग

इलाम_ विगत केही समय अघिदेखि दुबै मृगौलामा समस्या भएर उपचार गराइरहेकी माईजोगमाई गाउँपालीका ५, साविक सोयाङ्ग – ४ लोक्साङ इलामकी सन्चरानी थलङ लिम्बूलाई दक्षिण कोरियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।

दक्षिण कोरियामा रहेका इलामेलीहरुको साझा संस्था इलामेली सेवा समाज दक्षिण कोरिया अन्तर्गत विमल घिमिरेको संयोजकत्वमा केही समय अघि एक अभियान संचालन गरिएको थियो । विभिन्न संघसंस्था तथा सहयोगी दाताहरु मार्फत संकलित नेपाली ९५ हजार ४७१ रुपैयाँ सहयोग पीडितलाई पठाइएको संयोजक घिमिरेले जानकारी दिनुभयो

पीडित सन्चरानीको दुबै मृगौलाले काम गर्न छाडेको र हाल आएर फोक्सोमा समेत समस्या देखिएकोले बिराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ । पारिवारीक स्रोतका अनुसार बिरामीको उपचारका क्रममा धेरै खर्च भएको र थप उपचारका लागि पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले सहयोग आव्ह्वान गरिएको हो ।(साभार: इलाम आवाज)