होम आइसोलेसनमा रहेका संक्रमितको पासो लगाएर झुन्डिएको अवस्थामा शव फेला

नेपालगन्ज — कोरोना संक्रमणपछि आइसोलेसनमा रहेका एक ब्यतिm को पासो लगाएर झुन्डिएको अवस्थामा शव भेटिएको छ । कोहलपुर नगरपालिका–९, भन्डहवाका ६० वर्षीय संक्रमित मृत भेटिएका हुन् ।

‘शनिबार ७ बजेतिर कोठाको फ्यानमा सल बेरेर झुन्डिएको अवस्थामा शव भेटिएको थियो,’ इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक शिवराम बलले भन्नुभयो, ‘घटनाबारे अनुसन्धान गरिरहेका छौं ।’

उनको स्वास्थ्यमा समस्या देखिएपछि वैशाख ३ गते नेपालगन्ज मेडिकल कलेजमा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

हल्का ज्वरो आएपछि मेडिकल कलेज कोहलपुरमा उपचारका लागि गएका उनीे वैशाख ५ गते कोरोना पुष्टि भएपछि होम आइसोलेसमा बसिरहेका थिए ।