आंशिक लकडाउन हुनसक्ने तर तत्काल देशभर लकडाउन नगर्ने,परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले तत्काल देशभर लकडाउन नगर्ने बताउनुभएको छ । लकडाउन कोरोना संक्रमण रोक्ने अन्तिम समाधान नभएको पनि उहाले बताउनुभयो।

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको बैठक सकिएपछि आइतबार पत्रकारहरुसँग कुरा गर्दै उहाले भन्नुभयो, ‘अहिले तत्काल हामी नेशनवाइड लकडाउन चाहिँ गर्दैनौं । अहिलेको हाम्रो आग्रह सबै नागरिकहरुलाई स्वास्थ्य प्रोटोकलको पालना गर्नुस् भन्ने नै छ ।’

उहाले अर्थतन्त्र र जनजीविकामा लकडाउनले प्रभाव नपरोस् भन्ने सरकारको चाहना रहेको बताउनुभयो।
उहाले भन्नुभयो हटस्पटहरुमा पार्सल्ली लकडाउन हुन सक्छ तर त्यो लोकल मात्रै, नेशनवाइड लकडाउनचाहिँ हुँदैन ।’