ढुङ्गाको चेप भित्र २ दिन देखि अड्किएका इलाम नगरपालिका–५ बिब्ल्याटेका लिम्बुको उद्धार

इलाम _ ढुङ्गाको चेप भित्र २ दिन देखि अड्किएर रहेका इलाम नगरपालिका–५ बिब्ल्याटेका सन्तु लिम्बुको उद्धार गरिएको छ । स्थानीय र प्रहरीको संयुक्त प्रयासबाट उनको आज उद्धार गरिएको हो । गत बैशाख १० गते बेलुका घरबाट उनी हराएका थिए । हराएका लिम्बुलाई भोर्लेनी स्थित अलैची खोल्सीको ढुङ्गाको चेपमा घाँस काट्न जानेहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

तत्काल प्रहरी नायव उपरिक्षक लालध्वज सुवेदीको नेतृत्वमा अस्थायी प्रहरी चौकी विब्ल्याटेका प्रहरी सहायक निरिक्षक सहितको टोली उद्धारमा लागि खटिएको थियो । स्थानीय मानिस र प्रहरीको प्रयासबाट लिम्बुलाई उद्धार गरी इलाम अस्पतालमा उपचारको लागि राखिएको प्रहरीले जनाएको छ । उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ ।(साभार लोकल सन्देश)