ईलामको माई नगरपालिकामा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धित ३ दिने अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम शुरु


ईलामको माई नगरपालिकामा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धित ३ दिने अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम आईतवार बाट शुरु भएको छ।

घटना दर्ता अन्तरगत जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाई-सराई तथा सामाजिक सुरक्षाको अध्यावधिक गरि शतप्रतिशत बनाउन घुम्ती शिविर सन्चालनको पुर्व तयारी अभिमुखीकरण शुरु गरिएको हो ।
घुम्ती शिविर प्रत्येक वडामा वडा कार्यालय बाहेक अन्य ३ स्थानमा सन्चालन गरिने छ।

जनप्रतिनिधि तथा कर्मचारीलाई प्रदान गरिएको अभिमुखीकरण कार्यक्रममा उपमेयर बिष्णुमाया आचार्यले आगामी बैशाख-१५ गते देखि जेष्ठ-७ गते सम्म सन्चालन हुने शिविरमा सतप्रतिशत घटना दर्ता सफल बनाउन आग्रह गर्नुभयो।

माई नगरपालिका पन्जिकरण शाखाको आयोजनामा सम्पन्न अभिमुखिकरणलाई शाखाका निर्मल सन्जेल, होमनाथ अधिकारी र सपना आचार्यले सहजीकरण गर्दै रहेको जनाईएको छ ।