इलाम । इलाम नगरपालिका ३ चैतेकी गोमादेवि सुनुवारको गाईको गोठमा खोले पकाउँने क्रममा आगलागी हुँदा १४ लाख ५२ हजारको क्षती भएको छ । घर नजिकैको गोठमा गाईबस्तुलाई खोले पकाउँने क्रममा आगो उम्किएर गोठ भान्छा र घर जलेर नस्ट हुँदा १४ लाख ५२ हजारको क्षति भएको हो ।

आगलागी हुँदा घरमा भएको लत्ताकपडा, अन्न, भाँडा वर्तन, एक तोला सुन, तीन तोला चाँदि, र खोरमा रहेका १० वटा लोकल कुखुरा नस्ट भएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।
स्रोत ः लोकल सन्देश