नगर प्रमुख बस्नेत र उप–प्रमुख नेम्बाङ्गद्धरा संयुक्त रुपमा इलाममा आखा अस्पतालको शिलान्यस,

इलाम _आगामी आर्थिक बर्षबाट संचालन हुने गरी आज इलाममा आखा अस्पतालको शिलान्यस गरिएको छ । इलाम नगरपालिकाको कार्यालयले अस्पताल सञ्चालन ऐन निर्माण गरि अस्पताल व्यवस्थापन समितिमार्फत निर्माण र सञ्चालन हुने अस्पतालको नगर प्रमुख महेश बस्नेत र उप–प्रमुख शुशिला नेम्बाङ्गले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो ।

शिलान्यास कार्यक्रम अस्पताल व्यवस्थापन समिति संयोजक एवं नगर उप–प्रमुख श्री सुशिला नेम्वाङ्गको अध्यक्षता र नगर प्रमुख महेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । चालु आर्थिक बर्षमा निर्माण सम्पन्न भइ आगामी आर्थिक बर्ष २०७८/८९ को शुरुबाटै सञ्चालन हुनेगरी निर्माण गरिने यस अस्पतालको ६ कोठे भवन निर्माण गर्न नगरपालिकाले ५० लाख रुपैयाँ रकम विनियोजन गरिएको इलाम नगरपालिकाका इन्जिनियर श्री दिपक गुरागाइले जानकारी दिनुभयो

आँखा अस्पताल निर्माण र संचालनका लागि शिलान्यास कार्यक्रमको अवसरमा इलाम नगरपालिका प्रमुख महेश बस्नेतले आँखा दान गर्ने घोषणा गर्नुभएको छ ।बस्नेतले आफ्नो निधन भए पछाडी इलाम आँखा अस्पतालमा आफ्नो आँखा दान गर्ने घोषणा गर्नभएको हो।