ईलामको माई नगरपालिकामा अपाङ्गता परिचयपत्र वितरण घुम्ती शिविर शुरु


इलाम _ईलामको माई नगरपालिकामा अपाङ्गता परिचयपत्र वितरण घुम्ती शिविर शुरु भएको छ।

नगरभित्रका अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गर्ने गरि ३ दिने घुम्ती शिविर शुरु भएको हो । आज भएको शिबिरमा ३० जनाको स्वास्थ्य परिक्षण गर्दा १२ जनालाई परिचयपत्र दिन योग्य भएकोले परिचयपत्र वितरण गरिएको महिला वालवालिका शाखाकी जमुना पौडेलले जानकारी दिनुभयो।

वडा नम्बर(५ को थाक्लेमा भएको शिविरमा १० जनाको स्वास्थ्य परीक्षण गर्दा २ जनालाई निलो, र १ जनालाई सेतो परिचयपत्र वितरण गरिएको हो। त्यस्तै आजनै माई २ सितलीमा वडा नम्बर १, २, ३, ४ र ५ का सहभागि भएको शिविरमा २० जनाएको स्वास्थ्य परीक्षण गरि ९ जनालाई परिचयपत्र प्रदान गरिएको छ । परिचयपत्र प्राप्त गर्नेमा ४ जनालाई निलो, ३ जनालाई पहेलो र २ जनालाई सेतो परिचयपत्र वितरण गरिएको हो । अन्य ३ जनाको परिचयपत्रको लागि भने नगर स्तरीय अपाङ्गता समन्वयमा पेश गरिने प्रशासन शाखा प्रमुख नविन कुमार पौड्यालले वताउनुभयो ।

माई नगरपालिकाको अपाङ्गता भएका ब्याक्तिको परिचयपत्र बितरण सम्वन्धि कार्यविधि २०७५ मा व्यवस्था भए बमोजिम १० प्रकारका अपाङ्गता भएका ब्याक्तिलाई गाम्भिरयताका आधारमा ४ रङको परिचयपत्र प्रदान गरिने उल्लेख गरिएको छ । पुर्ण अशक्त अपाङ्गता भएका ब्याक्तिलाई रातो, अतिअशक्त अपाङ्गता भएका ब्याक्तिलाई निलो, मध्यम अपाङ्गता भएका ब्याक्तिलाई पहेलो र सामान्य अपाङ्गता भएका व्यक्तिको लागि सेतो कार्ड प्रदान गरिने स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले जानकारी दिनुभयो।

परिचयपत्र वितरण शिबिर बैशा १४ गते माई ९ र १० मा तथा बैशाख १५ गते माई ६, ७, र ८ को लक्ष्मीबाँधमा शिबिर संचालन गरिने मेडिकल करुणा फाउण्डेसन नेपालका समुदाय संयोजक विमल दहालले जानकारी दिनुभयो।

शिविरमा मेडिकल अधिकृत रामकृष्ण आचार्य, करुणा फाउण्डेसन नेपालका कार्यक्रम अधिकृत छवि श्रेष्ठ, सिविआर अफिसर अनिल रिमाल, सिविआरएफहरु मिना कुमारी जवेगु, संझना खड्का, माया लिम्बु लगायतको सहभागिता रहेको थियो।