सरस्वती माविको अध्यक्षमा रिजाल सर्वसम्मत चयन

इलाम_ इलामको सन्दकपुर गाउँपालिका–३ सुलुबुङको सरस्वती मावि विद्यालय व्यवस्थापन समितीको अध्यक्षमा पुर्व शिक्षक नेत्र रिजाल सर्वसम्मत चयन भएको छ । लामो समयको छलफलपछि विधालय ब्यवस्थापन समिति अध्यक्षमा रिजालको नाम सर्वसम्मत भएको हो।
रिजालले सो विद्यालयबाट ५ बर्षअघि अवकाश पाउनुभएको थियो । यस्तै समितिको सदस्यहरुमा बालादेवी गड्तौला,महेन्द्र साउदेन, चन्द्रबहादुर राई, तुलसा गिरी खवास, लक्षिमाया लुङ्गेली, धर्मेन्द्र सुवेदी, नेत्र पराजुली, कृष्ण पाठक वडा अध्यक्ष र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक दिवाकर रिजाल र सदस्यमा गोपाल सुवेदी चयन हुनुभएको छ। {साभार :लोकल सन्देश}