मोरङको पथरीशनिश्चरेमा ट्याक्टर दुर्घटना,चालकको मृत्यु


विराटनगर _ मोरङको पथरीशनिश्चरे नगरपालिकामा भएको ट्याक्टर दुर्घटनामा चालकको ज्यान गएको छ । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे १ त ४१६२ नम्बरको ट्याक्टर पथरीशनिश्चरे–४ र ७ को सीमानामा पर्ने भित्री सडक खण्डमा सोमबारसाँझ ६ः३० बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा चालक कानेपोखरी गाउँपालिका–५ का २१ वर्षीय टेकबहादुर अधिकारीको मृत्यु भएको खड्काले बताउनुभयो ।

तीव्र गतिका कारण आफै अनियन्त्रित भएर ट्याक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका अधिकारीको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा राति ८ बजेतिर ज्यान गएको हो । एसपी खड्काका अनुसार चालकको साथमा ट्याक्टरको कागजपत्र र सवारी चालक अनुमति पत्र ९लाइसेन्स० पनि नभएको बताइएको छ ।

तीव्र गतिमा चलाइएको ट्याक्टर नियन्त्रण गुमाएर दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएर घटनाका बारे थप अनुसन्धान अघि बढाएको छ ।