लाइसेन्सका लागि अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द
सवारी चालक अनुमति पत्र लाइसेन्सका लागि अनलाइन आवेदन बन्द भएको छ । नयाँ भेरियन्टको कोरोना भाइरसको त्रास बढेको भन्दै यातायात व्यवस्था विभागले अनिश्चितकालका लागि अनलाइन आवेदन बन्द गरेको हो ।
विभागका प्रवक्ता डा लोकनाथ भुसालले १६ गतेबाट लागु हुनेगरी अनलाइन आवेदन बन्द गरिएको जानकारी दिनुभयो । उहाकम अनुसार अब अर्को सूचना नआएसम्म अनलाइन आवेदन प्रणाली नै बन्द हुनेछ ।