घर घरमा पुगि अपाङ्गता परिचयपत्र वितरण गर्दै उपमेयर आचार्य


इलाम_ईलामको माई नगरपालिकामा अपाङ्गता भएका ब्याक्तिलाई उपमेयर विष्णु माया आचार्यले घर घरमा पुगि अपाङ्गता परिचयपत्र वितरण गर्न थाल्नुभएको छ।

हेरचाहाका लागि उत्प्रेरणा कार्यक्रम अन्तरगत घुम्ती शिविर सञ्चालनका दौरानमा उपमेयर आचार्यले पुर्ण अशक्त र अति अशक्त अपाङ्गता भएका ब्याक्तिको सहजताका लागि घर(घर पुगि परिचयपत्र प्रदान गर्नु भएको हो।

माई(९ का अति अशक्त अपाङ्गता चन्द्र बहादुर राई लाई बोरुङ्गमा पुगि आचार्यले परिचयपत्र वितरण गर्नुभएको छ ।

त्यस्तै मंगलवार माई(९ को रागापानी ,चिसापानी वडा कार्यालयमा समेत परिचयपत्र वितरण गरिएको छ ।
माई(१० को साल्बोटेमा भएको घुम्ती शिविरमा १० जनाको स्वास्थ्य परिक्षण गर्दा ३ जनालाई पहेलो परिचयपत्र प्रदान गरिएको छ भने माई(९ मा ९ जनाको स्वास्थ्य परीक्षण गर्दा ८ निलो(४ वटा, पहेलो(१ वटा र सेतो(३ वटा प्रदान गरिएको छ ।

नगरभित्रका अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गर्ने गरि ३ दिने घुम्ती शिविर शुरु गरिएकोमा सोमबार र मंगलबार वडा कार्यालय र घर(घरमा गरको घुम्ती शिविरमा ४९ जनाको स्वास्थ्य परीक्षण गर्दा २३ जनालाई परिचयपत्र प्रदान गरिएको माई नगरपालिका प्रशासन शाखा प्रमुख नविन कुमार पौड्यालले जानकारी दिनुभयो ।

माई नगरपालिकाको अपाङ्गता भएका ब्याक्तिको परिचयपत्र बितरण सम्वन्धि कार्यविधि(२०७५ मा व्यवस्था भए बमोजिम १० प्रकारका अपाङ्गता भएका ब्याक्तिलाई गाम्भिरयताका आधारमा ४ रङको परिचयपत्र प्रदान गरिने उल्लेख गरिएको छ । पुर्ण अशक्त अपाङ्गता भएका ब्याक्तिलाई रातो, अतिअशक्त अपाङ्गता भएका ब्याक्तिलाई निलो, मध्यम अपाङ्गता भएका ब्याक्तिलाई पहेलो र सामान्य अपाङ्गता भएका व्यक्तिको लागि सेतो कार्ड प्रदान गरिने स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले जानकारी दिनु भयो।

परिचयपत्र वितरण शिबिर भोलि बैशाख(१५ गते माई ६, ७, र ८ को लक्ष्मीबाँधमा संचालन गरिने महिला विकास निरीक्षक जमुना पौडेलले जानकारी दिनुभयो।

यसै विच ४० बर्ष भारतमा जेल जीवन विताएका माई(१० का दुर्गा प्रसाद तिम्सिनाकी आमा ८६ बर्षिय धनमायालाई पनि मध्यम अपाङ्गता परिचयपत्र प्रदान गरिएको छ । बहाँको दाहिने हात पाखुरा मुनि २०३७ साल देखि नरहेको नाति गोपालले बताउनु भयो ।

शिविरमा मेडिकल अधिकृत डा।रामकृष्ण आचार्य, करुणा फाउण्डेसन नेपालका कार्यक्रम अधिकृत छवि श्रेष्ठ, सिविआर अफिसर अनिल रिमाल, समुदाय संयोजक विमल दहाल, सिविआरएफहरु माया लिम्बु, दिब्या चाम्लिङ लगायतको सहभागिता रहेको थियो।