इलामको सूर्योदय नगरपालिका–१० का १६ बर्षिय युवकको एन्टिजिन पोजेटिभ


फिक्कल _ इलामको सूर्योदय नगरपालिका–१० का १६ बर्षिय युवकको एन्टिजिन पोजेटिभ आएको छ । गत बैशाख १० गते काठमाण्डौबाट फिक्कल आएका उनको रिर्पोट पोजेटिभ आएको सूर्योदय नगरपालिकाका जनस्वास्थ्य निरिक्षक विपुल अधिकारीले जानकारी दिनुभयो । बैशाख १४ गते ज्वरो आएपछि उनी प्राथमिक स्वास्थ्य केन्द्र फिक्कल गएका थिए ।

चिकित्सकहरुले कोभिड–१९ एन्टिजिन परिक्षणको लागि प्राथमिक स्वास्थ्य केन्द्र पशुपतिनगर पठाएकोमा उनको रिर्पोट पोजेटिभ आएको हो । उनको पिसिआर जाँचको लागि स्वाब संकलन गरी मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको अधिकारीले जानकारी दिनुभयो । हाल स्वास्थ्य अवस्था सामान्य रहि होम आइसोलेसनमा रहेका छन्। {साभार: लोकल सन्देश }